काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय तुलसीलाल अमात्य भवनमा सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सरेपछि सचिवालय बैठक पहिलोपटक बसेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।
स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले आजको बैठकको एजेण्डा तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्