Ads

प्रदेश तथा प्रतिनिधिसभाको चुनाव मंसीरको पहिलो हप्ता गर्ने आयोगको तयारी,बुधबारबाट मतदाता नामावली सङ्कलन


काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने गरी तयारी गरेको छ ।

आज आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताउनु भयो ।

चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उहाँले बताउनु भयो ।  शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने पनि बताउनु भयो । विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिनसक्ने अवस्था नभएको बताउनु भयो ।

Ads

सम्बन्धित पोष्टहरू