Ads

आइतबारे विदा र कार्यलय समय हेरफेरको निर्णय खारेज,आजबाट पुरानै समयमा कार्यलय सञ्चालन हुने


काठमाडौं । महिना दिन अघि आइतबार सार्वजनिक विदा दिंदै कार्यलय समय हेरफेर गरेको सरकारले आजबाट त्यो निर्णय खारेज गर्दै पुरानै कार्यलय समय लागु गरेको छ ।

अब हप्तामा शुक्रबार आधा दिन विदा र शनिवार सार्वजनिक विदा लागु हुनेछ । यसैगरी कार्यलय समय हाललाई विहान १० देखि साँझ ५ बजेलाई कायम गरिएको छ ।

गृह मन्त्रालयले एक सुचना जारी गर्दै गत जेठ २३ गतेको मन्त्रिपरिषदले आइतबारे विदा र कार्यलय समय हेरफेरको निर्णय खारेज भएको जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साल असार १ गते देखि कात्तिक १५ गतेसम्म माघ १६ गते देखि चैत मसान्तसम्म कार्यलय समय विहान १० देखि साँझ ५ बजेसम्म हुने जनाइएको छ ।

त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि ४ सम्म कार्यलय समय तोकिएको छ ।

यी दुवै अवधीमा शुक्रबार भने कार्यलय समय विहान १० देखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू