Ads

कर्णाली : ३२ अर्ब ६१ करोड ६१ लाखकाे बजेट


काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख बजेट ल्याएको छ ।
आज सार्वजनिक नयाँ बजेटमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले ३२ अर्ब ६१ करोड ६१ लाखको नयाँ बजेट ल्याएका हुन् ।
जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ । भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।
चालु आवमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत गरेको थियो । त्यसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालूतर्फ ११ अर्ब ४९ करोड २७ हजार ७० हजार बजेट विनियोजन गरिएको थियो ।
आज सार्वजनिक नयाँ बजेट अनुसार कर्णालीमा चालु आर्थिक वर्षभन्दा ४ अर्ब कम छ ।

Ads

सम्बन्धित पोष्टहरू