काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पद र ओहोदामा बसेर नेतृत्वको बदनाम गर्न खोज्नेहरुको समय क्रममा हिसाब किताब हुने बताएका छन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु पार्टीले दिएको हैसियत प्रयोग गरेर नेतृत्वको बदनाम गर्ने र नेतृत्वलाई कसरी विस्थापित गर्न सकिन्छ भनेर लागिरहेको बताए ।
‘अहिले पनि देखिरहनुभएको छ । कतिपय व्यक्तिहरु पार्टीमा बसेका छन्, पार्टीले दिएका पद, ओहोदा र हैसियत प्रयोग गरिरहेका छन्’ उनले भने, ‘ अनि पार्टीको कसरी अपमान हुन्छ । पार्टीको कसरी विरोध हुन्छ, कसरी बेइज्जत गर्न सकिन्छ, हो त्यही त्यही काम गरिरहेका छन् ।’
ओलीले नेतृत्वलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनेर केही नेताहरु लागिरहेको पनि टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्