काठमाडौं । सात महिला संघसंगठनले मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले उक्त विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र बाहिर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्