Ads

हेर्दाहेर्दैमा रहेको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज


काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक(आईजीपी) नियुक्ती सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदै छ।

जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो।

अतिरिक्त महानिरिक्षक(एआईजीका लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक(डीआईजी) र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गरेको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ।

एआईजी सिफारिसविद्ध रिट हालेका घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले अवकाश पाइसकेका छन्।
आफुभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै रिट हालेका पोखरेलले पनि बढुवा नभए आगामी साउन २० देखि अवकाश पाउनेछन्।

अन्तिम सुनुवाइका क्रममा एआईजी सिफारिस मुद्धामा दुवै पक्षबाट बहस भइसकेको छ भने आईजीपी सम्बन्धी विवादमा निवेदकतर्फ बाट एक जना कानुन व्यवसायीले बहस सकेका छन्। सोही स्थितिबाट आज सुनुवाई सुरु हुने छ।

सरकारले गत बैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट पोखरेलले सरकारको निर्णयविरुद्ध रिट हालेका थिए।

Ads

सम्बन्धित पोष्टहरू