काठमाडौं। यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।
इन्धनको मूल्य वृद्धिअनुसार विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै, पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारी साधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।
स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।
आइतबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपियाँ तथा डिजेल/मट्टितेलमा २७ रुपियाँ बढाएको थियो ।
हाल पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपियाँ कायम भएको छ ।
डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्