Ads

वायु सेवा सञ्चालकको आन्दोलन फिर्ता हवाई सेवा बन्द नहुने


काठमाडौ । सरकारको चेतावनीपछि वायु सेवा सञ्चालक संघले हवाइ सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ ।

आजबाट हवाइ सेवा बन्द गर्ने भनिएकोमा गए राती नै एयरलाइन्स कम्पनीहरुले अलग अलग सुचना जारी गरेर उडान नियमित गर्ने जनाउ दिएका छन् । आज विहानै देखि यथावत रुपमा हवाइ सेवा सुचारु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेको संघको आन्दोलन फिर्तासँगै नियमित उडान हुने भएको छ ।

बुद्ध एअरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । यस्तै यती एअरलाइन्सले पनि गएराति नै फेसबुकमा लेखेको छ, “भोलिदेखी अनिश्चितकालका लागि स्थगित भएका हाम्रा सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराँउदछौं ।”

गृह मन्त्रालयको समन्वयमा संघ र प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो ।

केही हवायजहाजहरु रातीको समयमा काठमाडौं बाहिरै बस्नु पर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्णयको विरुद्धमा वायु सेवा सञ्चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

संघले पाँच बुँदे माग अघि सार्दै सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको थियो । यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन संघले आग्रह गरेको थियो ।

संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू