Ads

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताविरुद्ध निर्वाचन आयोगमा दुई उजुरी, ‘स्वतन्त्र’ हटाउन माग


काठमाडौं । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिनुभएको निवेदनविरुद्ध उजुरी परेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लामिछानेले पार्टी दर्ताका लागि आयोगमा दिनुभएको निवेदनविरुद्ध दुई उजुरी परेको जानकारी दिनुभयो ।

मङ्गलबार लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर पार्टी दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो ।

स्वतन्त्र उम्मेदवार अभियानका संयोजक इम्बर शाहुले आयोगमा उजुरी दिनुभएको छ । संयोजक शाहुले दिनुभएको उजुरीमा स्वतन्त्र शब्द हटाउन माग गर्नुभएको छ ।

‘‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।,’’ उजुरीमा लेखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू