काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।
शुक्रबार महानगर नगरसभाको ११ औँ बैठकमा उपमेयर सुनीता डंगोलले २५ अर्ब ४१ करोड बढीको बजेट पेस गरेकी हुन्।
बजेटमा महानगरको पहिलो प्राथमिकतामा काठमाडौंका परम्परागत हिति (ढुंगेधारा) हरू पुनर्स्थापना र काठमाडौंका परम्परागत मठ-मन्दिरहरू र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा स्थलहरूको संरक्षणलाई राखिएको छ।
प्रतिक्रिया दिनुहोस्