काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीतिमा सहकार्य गर्न सक्ने शक्तिलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै उहाँले त्यस्तो बताउनुभयो ।
नेपाली राजनीतिको प्रमुख शक्ति एमाले भएको र त्यही बलमा समाजवादतर्फ मुलुक जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । “स्पष्ट विचारमा अगाडि बढ्दा पो पुगिन्छ, त्यसर्थ, मोर्चाबाट होइन, पार्टीबाट समाजवादमा पुगिन्छ । मजबुत पार्टी निर्माण गरौं र विजयी बनौं, त्यसपछि सहयात्री खोजौं” उहाँले भन्नुभयो ।
पार्टीको नीति र नेतृत्वमा समाजवादमा अगाडि बढ्न सकिने बताउनुहुँदै उहाँले मोर्चा सहयोगी विषय भएको बताउनुभयो । “मोर्चा आन्दोलन विजयीकानिम्ति सहयोगी हुन्छ तर, निर्णायक हुन सक्दैन” अध्यक्ष ओलीले भन्नुभयो । बैचारिक स्पष्टता एमालेमा मात्र भएको दावी गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीमा कुनै दुविधा नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्