विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार महानगरको १०औँ सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट प्रस्तुत गरेकी हुन । यो बजेट चालु आवको भन्दा १ अर्ब ७२ लाखले न्यून हो । चालु आवमा ४ अर्ब ६३ करोड २ लाख ८१ हजार पाँच सय रुपैयाँको संशोधित बजेट थियो ।
पूर्वाधार विकासका क्षेत्रमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार, आर्थिक विकास क्षेत्रमा २७ करोड ७३ लाख, सामाजिक विकासमा ७८ करोड ३९ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रकालागि ३ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ
बजेटले वडास्तरीय योजनाका लागि ४२ करोड ६८ लाख १७ हजार, नगर स्तरीय आयोजनाकालागि ३० करोड, वहुवर्षिय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजना भुक्तानीका लागि ४० करोड, रुडपबाट निर्माण भएकासहितका पक्की सडक मर्मतसम्भारका लागि १४ करोड, अन्य पूर्वाधार निर्माणका लागि ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरक कोषका लागि ४ करोड ८० लाख विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्