Ads

बुटवल उपमहानगरपालिकाकाे बजेट २ अर्ब ३५ करोड


बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

उपमहानगर नगर सभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन् । आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५३ करोड रुपैयाँको बजेट थियो ।
बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ लाख ३३ हजार, शशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रहेको छ ।
यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको अ.ल्या. को ३४ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू