काठमाडौँ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
ललितपुर महानगरको शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन् । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए । महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगर प्रमुख महर्जनको भनाइ थियो ।
उपप्रमुख मंजली शाक्यले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुखी भएको बताइन् । महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजनाहरु थपिएको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्