Ads

अमेरिकाले‍ फिर्ता गर्‍यो नेपाललाई नवौं शताब्दीको पार्वतीको मूर्ति


अमेरिकाले‍ नेपाललाई नवौं शताब्दीको पार्वतीको मूर्ति फिर्ता गरेको छ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी अमेरिकाले पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर‍ेको पुरातत्व विभागले जनाएको छ।

संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी संग्रहमा रहेको नवौं शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गरेको हो।

उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी वैशाख २४ गते न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो। सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले उक्त मूर्ति प्रदान गरेका थिए।

उक्त मूर्ति नेपालको भए-नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला-बेग्लै अनुसन्धान समेत गरेका थिए।

न्यूयोर्कस्थित महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता भएको हो।

Ads

सम्बन्धित पोष्टहरू