काठमाडाैँ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीकाे राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि महेन्द्र रत्न क्याम्पसले जितेको छ ।
काठमाडाैँकाे ताहचलस्थित घरेलु कोर्टमा महेन्द्र रत्नले फाइनलमा रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा नेपाल कमर्स क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई २५–१९, २२–२५, २५–१९ र २५–२१ को सेटमा हराउदै तेश्रो भयो । उपाधिसंगै महेन्द्र रत्नले १ लाख नगद पुरस्कार हात पारेको छ । उपविजेता हुने त्रिचन्द्रले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाए ।
महेन्द्र रत्नका हेमन्त मल्ल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । सर्भरमा रत्नराज्यका रोहित थापा मगर, स्पाइकरमा रत्नराज्यका प्रदीप गुरुङ, ब्लकरमा कमर्सका सफल विक, सेटरमा कमर्सका सुवास कुँवर तथा लिफ्टरमा रत्नराज्य लवसन क्षेत्री उत्कृष्ट चुनिए । उत्कृष्ट सबैलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवाल, आयोजक भलिबल विभागकी प्रमुख निलम वज्राचार्य,राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपकी सदस्य चन्द्र बदाना राई, लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतिक्रिया दिनुहोस्