नेपाल कानून व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ।
भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ।
बागमती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ।
मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुनेछन्।
अधिवक्ता तहको ३० औं परीक्षामा सहभागी हुन इच्छुक व्यक्तिले आवश्यक कागजात असार १५ गतेदेखि साउन १५ गतेभित्र पेश गरिसक्नुपर्नेछ।
परीक्षा शूल्क भने चार हजार तोकिएको छ। परीक्षा कार्यक्रम र केन्द्र भने पछि तोकिने परिषदले जनाएको छ।
साथै ३१ औं अधिवक्ता तहको परीक्षा भने नयाँ पाठ्यक्रमअनुसार हुने पनि परिषदको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्