Ads

सांसद भट्टराईद्धारा सरकारको ध्यानाकर्षण : पुस्तक अभावका कारण ८० लाख विद्यार्थीको भविष्य अन्योलमा


काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले पाठ्यपुस्तकको अभावमा ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समय लिएर बोल्दै उहाँले सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहका ८० लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योल भएको बताउनुभयो ।

शैक्षिकसत्र सुरु भएको एक महिना १३ दिन पुगे पनि सामुदायिक विद्यालयमा पढ्ने ७५ प्रतिशत विद्यार्थीले पुस्तक अभावका कारण समस्या भोग्नुपरेको उनले उल्लेख गर्नुभयो ।

‘८० लाख विद्यार्थी माध्यमिक तहका छन्, जसले पुस्तक अभावका कारण स्कुल बंक गर्नुपर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो, ‘पाठ्यपुस्तकको समस्या विगतका वर्षमा पनि थियो, अहिले पनि छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

कक्षा–१ देखि ३ सम्म निजी क्षेत्रले पाठ्यपुस्तक छाप्ने सरकारी अनुमति भएकाले समस्या नभएको उनले बताउनुभयो । जनक शिक्षा सामग्रीले कक्षा–४ भन्दा माथिको पाठ्यपुस्तक छाप्ने भएकाले विद्यालय र विद्यार्थीको हातमा पुग्न नसकेको उहाँको भनाइ छ ।

हेर्नाेस भिडियाे :

https://www.facebook.com/yogeshbhattarai.ncp/videos/761739924850971/

Ads

सम्बन्धित पोष्टहरू