काठमाडौं । अन्तत शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजिनामा दिएकी छन्र ।
शहरी विकास मन्त्रालयमा आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री झाँक्री अत्यन्तै भावुक बनिन् र धुरुधुरु राेइन ।उनले पत्रकारसँग खुलेर बोल्न समेत सकिनन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए । र मन्त्री झाँक्रीको विदाइ गरेका थिए ।
झाँक्री सुरुदेखि भावविव्वहल थिइन् । उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् ।
प्रतिक्रिया दिनुहोस्