काठमाडौं । नेकपा एकता राष्ट्रियता अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट पार्टीबीच एकता वा कार्यगत एकता नभए आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने दाबी गरेका छन् ।
रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट आन्दोलन धरासायी हुने अवस्था देखेको बताउँदै उनले यस्तो बताएका छन् ।
‘आज मैले देखिरहेको छु । यो कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको छ,’ उनले भने,‘एकता अथवा कार्यगत एकता गर्न सकेनन् भने, या त गठबन्धनकै सहारामा कांग्रेसले बहुमत प्राप्त गर्नेछ त्यो नभएपछि प्रतिनिधिसभा र प्रदेशसभामा सबभन्दा ठूलो पार्टी बन्नेछ ।’
त्यसको ५ वर्षसम्म नेपाली कांग्रेसकै नेतृत्वमा राज्यका संरचनाहरू रहने उनले दाबी गरे । ‘त्यसपछि नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यकता पर्ने छैन, दोस्रो निर्वाचनमा,’ गौतमको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्