काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
दर्ता पश्चात सो दललाई आज दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो।
लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेको थियो । घोषणाको भोलिपल्ट निर्वाचन आयोगमा निवेदन दिएका रविले आज दल दर्ताको प्रमाणपत्र पाउनु भएको छ । उहाँको पार्टीको चुनाव चिन्ह घण्टी नै हुने भएको छ ।
पार्टीको नामका विरुद्धमा परेका उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध उजुरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्