Ads

जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै : सुवास नेम्वाङ


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनका लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताउनु भएको छ।

आज नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै व्यवस्था फेर्न सक्ने बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङ भन्नुहुन्छ, ‘हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्व स्वीकार्य बनाएका छौँ । अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन। जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ । जनता त्यति अधिकार सम्पन्न भइसके। व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी मन पर्दैन पार्टी नयाँ बनाउनुस्, अब परिवर्तनका लागि आन्दोलन पर्दैन।’

Ads

सम्बन्धित पोष्टहरू