पाँचथर। पाँचथरको फालेलुङमा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव भेटिएको छ ।
पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा ७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए ।
गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाएको थियो ।
घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका थिए । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्