काठमाडौं । नेकपा एमालेले चुनावमा भएको अन्तरघातको छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
पार्टीभित्रैबाट भएका अन्तरघातका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको संयोजकत्वमा समिति गठन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
नेकपा एमाले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।
पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्