काठमाडौ । युवा संघ नेपालले आज अर्थमन्त्री जनार्दशन शर्माको बर्खास्दगीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ ।
बजेट निर्माणका क्रममा शर्माले निश्चित व्यापारी घरानाको स्वार्थसिद्ध हुने गरी काम गरेको प्रमाण बाहिरिएपछि शर्माको बर्खास्दगीको माग गरिएको हो । बजेट संसदमा पेश गर्ने अघिल्लो दिन असम्बन्धित व्यक्ति अर्थ मन्त्रालय पसेर बजेटमा भएका करका दर तलमाथी गरेको सिसिटिभी फुटेज हटाइएपछि शर्मा माथी थप शंका बढेको छ ।
जनताका विरुद्ध गम्भिर अपराध गरेकोले शर्मालाई बर्खास्दगी गरेर कानुनी कारबाही गर्नुपर्ने माग सहित युवा संघ नेपालले अनामनगरको हनुमानथानमा विरोध कार्यक्रम गर्न लागेको युवा संघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्