Ads

तीनदिन ठूलो वर्षाको सम्भावना छैन : जल तथा मौसम विज्ञान विभाग


काठमाडौ -देशभर अहिले सामान्य बदली भएको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौमा दिउसो पनि बदलीको सम्भावना छ । पानी पर्ने सम्भावना कम रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आगामी तीनदिन देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो भारी वर्षाको सम्भावना छैन ।
आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने विभागले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू