काठमाडौं । संघ र प्रदेशको चुनावको मिति सिफारिससहित निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् ।
आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ ।
१२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा गर्न सकिने आयोगको सुझाव छ ।
आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको पनि बताइएको छ ।
भर्खरै सकिएको स्थानीय तहको चुनाव देशैभर एकैपटक गराउन सकिएको भन्दै प्रदेश र संघको चुनाव पनि एकै दिन गर्नका लागि आयोगले मिति सिफारिस गर्न लागेको हो ।
यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।
प्रतिक्रिया दिनुहोस्