बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार चुनाव हुँदैछ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा यहाँ धाँधली भएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।
३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा बुथ कब्जा गरेको एमाले र कांग्रेसले एकअर्कालाई आरोप लगाएका थिए ।
आजको मतदानका लागि १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ ।
यहाँ मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस्