काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मच्चाएको बताएका छन् ।
छविलाल कार्कीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ ? कमसेकम चोरले पनि झ्याल ढोका फाेडेर चोर्छ । यो सरकारले त साँचोले खोेलेरै लुट्यो । हद होइन यो ?’
उनले यो सरकार मानेर चल्न नसकिने भन्दै आफै नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए ।
‘यिनीहरुको ठाउँमा सद्दे मान्छे कोही भए मैन पग्लेझैं पग्लिन्थे । तर यिनीहरु त त्यही अनुहार देखाएर ठ्याङठ्याङ हिँडिरहेका छन् । भाषण गरिरहेका छन् । सरकार हुँ भन्न लाज हुँदैन ?’
प्रतिक्रिया दिनुहोस्