ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेकपा समाजवादी निकट समाजवादी कानुन लयर्स एशोसिएसन (एसपीएलए) कानुन व्यवसायीहरूको प्यानलले क्लिन स्वीप गरेको छ ।
अध्यक्षमा शान्तिराम खतिवडा भारी मतान्तरले विजयी हुनुभएको छ । खतिवडाले १ हजार ६६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत पाउनु भएको छ । शनिबार भएको उच्च बार पाटनको चुनावमा १ हजार ४ सय ९० मत खसेको थियो ।
उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १ हजार २३ मत पाएर बिजयी हुनुभएको छ भने प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत पाउनु भएको छ । महासचिवमा रविन्द्रकुमार ढुंगानाले १ हजार ४८ मत पाउनु भएको छ भने पराजीत शंकरकुमार खड्काले २८३ मत पाउनु भएको छ ।
१९ सदस्यीय उच्च अदालत बार एशोसिएसनमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्