काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा निर्वाचित महिलाहरूले असाधारण क्षमता देखाएको बताएका छन् ।
अध्यक्ष ओलीले राजनीतिक परिवर्तनसँगै महिलाहरूको अवस्थामा गुणात्मक सुधार आइरहेको पनि बताए । उनले महिलाहरूको प्रतिस्पर्धी क्षमता बढेको र उनीहरूले आफूलाई प्रमाणित गरेर देखाएको बताए ।
मानवअधिकार एलायन्स स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ओलीले देशमा राजनीतिक परिवर्तन मात्रै भयो र अवस्था परिवर्तन भएन भन्ने टिप्पणी पूर्ण सत्य नभएको उल्लेख गरे ।
अध्यक्ष ओलीकाे भनाइ छ ‘निर्वाचनमा मात्र होइन, महिलाको प्रतिस्पर्धी क्षमता काममा पनि असाधारण देखियो । सँगसँगै स्वच्छता, पारदर्शिता, कानूनको परिपालना र विधिको शासनमा उनीहरू पुरुषभन्दा एक पाइला अगाडि छन् ।’
प्रतिक्रिया दिनुहोस्