Ads

उपसभामुख पदमा भट्टराई र भुसालको उम्मेदवारी


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की नेत्री विद्या भट्टराईले  प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । बिहीबार संसद् भवनमा पुगेर नेत्री भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोख्रेल हुनुहुन्छ ।

यसअघि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम)ले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ ।

शुक्रबार प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको थियो । तोकिएको समयमा कांग्रेस नेत्री भुसाल र एमाले नेत्री भट्टराईको उम्मेदवारी परेको हो ।

मनोनयनपश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यसूची छ ।

 

Ads

सम्बन्धित पोष्टहरू