धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन ।
प्रदेश सरकारले वार्षिक कुल बिनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
सरकारले जम्मा विनियोजित बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रदेश सरकारले कुल बजेटमा ६६.६१ प्रतिशत प्रगती गरेको भए पनि पुँजीगत बजेट खर्चको अवस्था भने अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले कम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्