Ads

एमालेकाे बागमती प्रदेशस्तरीय प्रशिक्षण : मंसिरमै चुनाव गराउनुपर्छ, तलमाथि हुन दिनु हुँदैन: अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट आफ्नो पार्टी सरकारमा फर्कने बताउनुभएको छ ।
बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताउनु भएकाे हाे ।

‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यी उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिरमा नै हुनैपर्ने बताउनु भयाे ।

‘आगामी मंसिरमा चुनाव गराउनुपर्छ। मंसिरभन्दा तलमाथि हुन दिनु हुँदैन,’अध्यक्ष ओलीले भन्नुभयो, यसबीचमा हरेक दिन भ्रष्टाचारका घटना बढिरहेका छन्। यी विरुद्ध एमालेपंक्तिले लड्नुपर्छ।’

 

Ads

सम्बन्धित पोष्टहरू