स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।
तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पु¥याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्