संसदीय विशेष छानबिन समितिको बैठक सुरू भएको छ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बैठक बिहिबार बिहान सिंहदरबारमा सुरू भएको हो। बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएका छन्।
आजको बैठकमा पूर्वमन्त्री शर्मासँग छलफल हुने कार्यसूची अनुसार बैठकमा शर्मा उपस्थित भएका हुन्।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ।
उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो।
प्रतिक्रिया दिनुहोस्