विराटनगर । प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्