काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुँदै सांसद ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो ।
यसैगरी, उहाँले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाएको आरोप लगाउनुभयो ।
त्यस्तै, किसानले मलखाद नपाइरहेको अवस्थामा सरकार यतिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने उहाँले तर्क छ ।
गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोप लागउनुहुँदै ज्ञवालीले सरकार जनताबाट कर उठाउनका निम्ति मात्रै हो ? भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्