Ads

एसपीपीसम्बन्धी निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको रुलिङ


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी सम्झौताका विषयमा अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रीपरिषदले गरेको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । आज बसेको प्रतिनिधिसभा वैठकमा सभामुखले सरकारलाई यस्तो रुलिङ गरेका हुन् ।

धेरै सांसदले सरकारले अमेरिकालाई पत्र नपठाएको विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । बुधबारकाे वैठकमा एमाले सांसद भिम रावलले सभामुखबाट यस विषयमा रुलिङ हुनुपर्ने माग गर्दै केही बेर संसदको रोष्ट्रम नै कब्जा गरेका थिए । आजको वैठकमा सत्तारुढ पार्टीकै सांसदहरुले पनि सभामुखबाट रुलिङ हुनुपर्ने माग राखे ।

रावलसहित एकीकृत समाजवादीका झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले पनि रुलिङ हुनुपर्ने आवाज उठाएपछि सभामुख सहमत भएका हुन् ।

 

Ads

सम्बन्धित पोष्टहरू