सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी क्रमश ओरालो यात्रामा रहेको बताउनुभएको छ ।
प्रेस चौतरी नेपाल कर्णाली प्रदेश कमिटीले अहिले वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताउनुभयो ।
२०६४ सालमा माओवादी र एमालेको मतान्तर धेरै ठूलो नभएको तर अहिले एमाले र माओवादीको मतान्तर ठूलो भएको पोखरेलको भनाइ छ ।
‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो । एमालेले २२ प्रतिशत पाएको थियो । यो ठूलो मतान्तर होइन ’ पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै पोखरेलले भन्नुभयो ‘अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो । ’
मतको यो ढाँचाले माओवादी क्रमश ओरालो यात्रामा रहेको पुष्टी हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्