बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा संचालक ९ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।
प्रहरीले सेन्टरमा कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्यो भनी ठगी गर्ने कार्यरत करिब १ सय ५० जनालाई कार्यालयभित्रै निगरानीमा राखेको छ । कार्यालय सिल गरी उनीहरुमाथि सोधपुछ थालेको केसीले जनाए ।
‘कल सेन्टर’ मा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।
भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्