काठमाडौं । कोरोनाविरुद्धको करिब डेढ लाख खोप खेर गरेको अनुमान गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान गर्नुभयो । उहाँका अनुसार जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो ।
उहाँले भन्नुभयो,“कोभिसिल्ड खोपको मिति जुलाई २३ तारिखसम्म थियो । कति खोप खेर गयो ? भनेर यकिन तथ्याङ्क शाखासँग छैन तर केन्द्र, प्रदेश र स्थानीय तहमा गरेर करिब डेढ लाख खोप खेर गएको अनुमान छ, साेबारे तथ्याङ्क जम्मा हुँदैछ।”
१२ वर्ष देखि १७ वर्षसम्मका किशोर र किशोरीलाई लगाउने फाइजर बायोएनटेक खोपको पनि ४ महिनापछि म्याद सकिँदैछ ।
उहाँले भन्नुभयो, “१२ वर्ष देखि १७ वर्षसम्मका किशोर र किशोरीलाई लगाउने फाइजर बायोएनटेक खोपको ४ महिना सम्मको म्याद रहेको छ । हाल उक्त उमेर समूहलाई सरकारले फाइजर बायोएनटेकको बुस्टर डोज दिइरहेको छ ।चार करोड ८८ लाख मात्र खोप लगाइयो ।”
प्रतिक्रिया दिनुहोस्