Ads

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतबाट पारित


काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा पेश गरेको उक्त विधेयक मंगलबारको बैठकले पारित गरेको हो ।

साउन ८ गते शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पेश भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ गणपुरक संख्या अपुग भएका कारण पारित हुन सकेको थिएन । राष्ट्रिय सभाबाट भएको संशोधनसहितको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू