Ads

यसरी पारित भयाे राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक


काठमाडौं । राष्ट्रियसभाबाट पनि नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरुको प्रश्नको जवाफ दिनुभएको थियो । त्यसपछि बैठकले ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते प्रतिनिधिसभाले यो विधेयक पारित गरेको थियो ।

अब यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउने छ र प्रतिनिधिसभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक कार्यान्वयनमा आउनेछ ।

नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू