Ads

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

शुक्रबार सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेस गर्न भनेको छ । इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत प्रस्ताव पेस गर्न सक्नेछन् ।

शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो ।

भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयहरूले प्रस्ताव पेस गर्न सक्नेछन् ।

हेर्नाेस सूचना

Ads

सम्बन्धित पोष्टहरू