सिन्धुली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलिय गठबन्धन सरकार विदेशीले चलाएको बताउनुभएको छ।
प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष पौडेलले गठबन्धन सरकारले देशलाई निकास दिन नसक्ने दाबी गर्नुभयो ।
उपाध्यक्ष पौडेलले गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार विदेशीको ईसारामा चलेको नागरिकता विधेयकले पुष्टि भयो । सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको पुष्टि हुन्छ ।’
उहाँले बजेट वक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियता र विश्वास दुवै गुमेको बताउनुहुँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्रमा लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्