Ads

मूल्य वृद्धि विरुद्ध नेकपा एमालेको विरोध कार्यक्रम आज, सबै जनसंगठनहरुलाई उपस्थित हुन निर्देशन


काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकारले गरेको मूल्य वृद्धि विरुद्ध आज काठमाण्डौमा विरोध सभाको आयोजना गरेको छ ।

काठमाण्डौको वसन्तपुरमा हुने कार्यक्रमका लागि सबै जनवर्गिय र सुभेच्छुक संठनहरुलाई आ–आफ्नो संगठनको व्यानर र प्लेकार्ड सहित उपस्थित हुन अनुरोध गरेको छ ।

उपभोक्तालाई सिधै प्रभाव पार्ने विभिन्न दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि हुँदा पनि सरकारकाले कुनै कदम चाल्न नसकेको भन्दै एमालेले सरकारलाई दवाव दिने उद्धेश्यका साथ विरोध ¥याली सहित आम सभाको आयोजना गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू