Ads

अझै केही घण्टा मतदाता नामावलीमा नाम लेखाउन सकिने


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ।

चुनावको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन गर्न नहुने मतदाता नियमावलीको व्यवस्थाअनुसार बिहीबार सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति तोकेसँगै नयाँ नामावली संकलन स्थगित हुने भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार अनलाइनमार्फत् नाम रजिष्टर गरेकाहरुले भने फोटो खिचाउन र औँठा छाप दिन पाउने बताए।

थपलियाले भने, ‘चुनावको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य रोकिन्छ। अनलाइनमार्फत नाम रजिष्टर गरेकाहरुले आफ्नो नाम सुरक्षित गर्न पाउनुहुन्छ।’

आयोगले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित केही जिल्लामा अनलाइनमार्फत नाम रजिष्टर गर्ने व्यवस्था गरेको छ। आयोगले सूचना जारी गरेर अनलाइन रजिष्टर बन्द नगरेसम्म अझै केही घण्टाका भने नाम टिपाउन सकिनेछ।

Ads

सम्बन्धित पोष्टहरू