Ads

निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा भंग हुन्छ कि हुँदैन ?


काठमाडौं । निर्वाचनको मिति घोषणासँगै प्रतिनिधिसभा भंग हुन्छ कि यसले निरन्तर काम गरिरहन्छ भन्ने प्रश्न उठिरहेकाे छ । यही वेला पूर्वमहान्यायाधिवक्ता एवं एमाले नेता रमेश बडालले उम्मेदवार मनोनयन नभएसम्म प्रतिनिधिसभा कायमै रहने जिकिर गरेका छन् ।

नेकपा एमालेको कानून विभाग प्रमुखसमेत रहेका बडालले चुनावको मिति घोषणा संवैधानिक बाध्यता भएकाले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न नपर्ने र मनोनयन नभएसम्म सांसदहरु भूतपूर्व नहुने बताए ।

उनले भने, ‘२०७४ सालमा पनि चुनावको मिति भदौ १४ गतेको मन्त्रिपरिषदले घोषणा गर्यो । तर, असोजसम्म संसदबाट ऐनहरु पारित भइरहेका थिए । अहिले पनि संसद अधिवेशन अन्त्य भएको छैन, संसदले आफ्नो काम गर्नसक्छ । मिति घोषणा हुँदैमा संसद विघटन हुँदैन ।’

बडालले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको मनोनयन पहिले भएको नजिर रहेकाले जुन दिन उम्मेदवारहरुको मनोनयन हुन्छ त्यसदिनबाट संसद नरहने र अहिलेका सांसदहरु भूतपूर्व हुने बताए ।

कतिपय कानूनविद्ले भने चुनावको मिति घोषणासँगै संसद विघटन हुने दाबी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू